पानीट्याङ्कीमा ट्रक ठो*क्कियो , दुईजना घा*इते

राष्ट्रिय समाचार समिति

भोजपुर, ३० फागुन: पानीट्याङ्कीमा ट्रकले ठ*क्कर दिँदा दुईजना घा*इते भएका छन् । आज भोजपुरबाट लेगुवातर्फ जाँदै गरेको ना८ख ८०३८ नंको ट्रकको पछाडिको फलेकले ठ*क्कर दिँदा षडानन्द नगरपालिका–७ बस्ने ४६ वर्षीय जनरुपा राई तामाङ र उनकी छोरी २४ वर्षीय मनु तामाङ घा*इते भएको जिल्ला प्र*हरी कार्यालय भोजपुरले जनाएको छ ।

घा*इते दुवै जनाको सिद्धकाली हस्पिटल भोजपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्र*हरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिनुभयो ।

घा*इतेको भोजपुरमा उपचार हुन नसकेपछि धरान लागिएको हो । ट्रक र त्यसका चालकलाई प्र*हरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया