नयाँ सिलिण्डर नथुपार्न निगमको आग्रह

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १ चैत : अभाव हुने त्रा*सका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न सर्वसाधारणमा आग्रह गरेकोे छ ।

निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य हुने, दु*र्घटनाको सम्भावना बढ्ने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको हो ।

एलपी ग्यास खरिद गर्दा नयाँ सिलिण्डर खरिद नगरी आफूसँग भएको खाली सिलिण्डर फिर्ता गरी ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया