विप्लव कार्यकर्ता प*क्राउ

राष्ट्रिय समाचार समिति

गुल्मी, १ चैत : नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग आबद्ध एक कार्यकर्तालाई प्र*हरीले प*क्राउ गरेको छ । दलित मुक्तिमोर्चाका गुल्मी संयोजकलाई प*क्राउ गगरिएको छ । प*क्राउ पर्नेमा मदाने गाउँपालिका– ६ अन्तर्गत पुर्कोटदहका ४६ वर्षीय वसन्त गैरे भनिने सन्ते नेपाली रहेका छन् ।

मदाने गाउँपालिकामा सङ्गठनको कामका सिलसिलामा हिँडिरहेको अवस्थामा विशेष सूचनाका आधारमा इलाका प्र*हरी कार्यालय पुर्कोटदहबाट खटिएको प्र*हरी टोलीले नेपालीलाई प*क्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो ।

जिल्लामा सो समूहको गतिविधि बढ्न सक्ने आशङ्कामा प्र*हरीले पछिल्लो समयमा गाउँगाउँमा गस्ती अभियान शुरु गरी समूहका गतिविधिमाथि कडा निगरानी गर्दै आएको छ ।

प्रतिक्रिया