डेरी उद्योगमा आ*गलागी हुँदा ७० लाख बढीको क्ष*ति

राष्ट्रिय समाचार समिति

मङ्गलबारे, १ चैत्र: इलामको देउमाई नगरपालिका–४ स्थित मङ्गलबारे बजार नजिकै एक डेरी उद्योगमा आ*गलागी हुँदा रु ७० लाख माथिको क्ष*ति भएको छ । मङ्गलबारे बजारको तल्लो बुधबारेमा रहेको गजुरमुखी दर्शन डेरी उद्योगमा आ*गलागी हुँदा सो क्षति भएको हो ।

आ*गलागीबाट दुध पेल्ने मेसिन, घ्यु, छुर्पी लगायतका सामान जलेर नष्ट हुँदा क्षति भएको वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । आगलागी दिउँसो ३ः०० बजेदेखि शुरु भएको थियो ।

स्थानीय अशेष बुढाथोकीले सञ्चालन गर्नु भएको सो डेरी उद्योगमा आ*गलागी नियन्त्रण भइसकेको छ । प्र*हरी र स्थानीयले आ*गो नियन्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताउनुभयो । नगरपालिकामा दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको थियो । स्थानीय तहले दमकल खरिद गर्नुपर्ने स्थानीय खनालको माग छ । टाढाको दमकल लैजानुभन्दा नजिकै दमकल भई दिएको भए क्षति कम हुन सक्ने उहाँको भनाइ छ ।

उद्योगमा रहेका सबै सामान ज*लेर नष्ट भएका छन् । प्र*हरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्र*हरी कार्यालय इलामले जानकारी दिएको छ । साथै प्रारम्भिक चरणको अनुमानबाट सो क्षति भएको बताइए पनि उद्योगका प्रोप्राइटर जिल्लाबाहिर रहेकाले एकीन विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया