मास्कमा का*लोबजारी, आठ जना प*क्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १ चैत: मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा का*लोबजारी गरेको आरोपमा आज आठ जना प*क्राउ परेका छन् । प्र*हरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई प*क्राउ गरी लुकाएर राखिएको ७८ हजार मास्कसमेत ब*रामद गरेको छ । उनीहरुले रु पाँच पर्ने मास्कलाई रु ३१ सम्म लिएको पाइएको महानगरीय प्र*हरी परिसर काठमाडौँका प्र*हरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प*क्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोकका मिन्टु तामाङ, ललितपुर सातदोवाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई नागर्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की, नागार्जुन नगरपालिका–२ का उज्ज्वल अधिकारी, रामेछाप घर भई ललितपुर बस्ने शिव खड्का र काभ्रे घर भई स्वयम्भु बस्ने निशान तामाङ रहेका छन् ।

महानगरीय प्र*हरी वृत्त बानेश्वर र महानगरीय प्र*हरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँ डल्लु आवसमा मिन्टु तामाङले सञ्चालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसबाट उक्त परिमाणको मास्क ब*रामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा प्र*हरी त्यहाँ पुगेको थियो । उनीहरुलाई कालोबजारी ऐनअन्र्तगत कारवाही गर्ने प्र*हरीले जनाएको छ । प्र*हरीले खाद्यान्न र औ*षधीजन्यलगायतका चिज वस्तुहरुको कृतिम अभाव सृजना गर्ने, भण्डार गरी लुकाउने र का*लोबजारी गर्ने गरेको सूचना भए अबर गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया