कोराना भाइरस : इटालीमा ज्यान गुमाउनेको संख्या १,४४१ पुग्यो

admin

काठमाडौं, २ चैत : विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको स’ङ्’क्र’मणबाट इटालीमा ज्यान जानेको संख्या शनिबारसम्म एक हजार ४४१ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार स’ङ्’क्र’मितको संख्या शनिबारसम्म १७ हजार ७५० पुगेको छ । कोरोनाको स’ङ्’क्र’मणबाट चीनपछि सबैभन्दा धेरै इटालीमै ज्यान गएको हो ।

त्यसैगरी बेलायतमा पनि बिरामीको संख्या एक हजार १४० पुगेको छ । बेलायतमा कोरोनाका कारण ज्यान जानेको संख्या भने २१ पुगेको अधिकारीले जनाएका छन् ।

पछिल्लो पटक ज्यान गएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ ।

चीनमा तीन हजार १९९ जनाको ज्यान गएको छ भने ८० हजार ८४४ जना स’ङ्’क्र’मित भएका छन् । चीनमा कोरोनाको स’ङ्’क्र’मणमा नाटकीय रुपमा सुधार आएसँगै शहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन् ।

तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ । इरानमा १२ हजार ७२९ जना स’ङ्’क्र’मितमध्ये ६११ जनाको ज्यान गएको छ ।

त्यसैगरी दक्षिण कोरियामा आठ हजार १६२ जना बिरामी र ७५ जनाको ज्यान गएको छ भने स्पेनमा छ हजार ३९१ जना बिरामी भएका छन् भने १९६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया