संसद भवन छिर्न खोज्दा कुँवर पक्राउ

admin

काठमाडौं, २ चैत : संसद भवनको गेटभित्र छिर्न खोज्दा बागलुङ्गका पदम कुँवर पक्राउ परेका छन्।

शनिबार राति गेटभित्र छिर्न खोज्दा उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्तका डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।

संसद भवनमा त्यसरी छिर्न पाइँदैन तर गेट भित्र छिरेपछि त्यहाँको प्रहरीले पक्राउ गरेको हो, कुँवरको नकारात्मक काम गर्ने उदेश्य भने नदेखिएको डिएसपी रेग्मीले बताए।

उनलाई पक्राउ गरेपछि किन त्यसरी संसद भवनको गेटभित्र छिरेको भनेर सोधपुछ गरिएको थियो, तर त्यस्तो केही उद्देश्यका साथ छिरेको जस्तो नदेखिएको बताइएको छ । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

प्रतिक्रिया