अज्ञातसमूहद्वारा डोजरमा आ*गजनी

राष्ट्रिय समाचार समिति

म्याग्दी, ३ चैत : अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आ*गजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आ*गजनी भएको हो ।

आ*गजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर न*ष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्र*हरी कार्यालय दरवाङका प्र*हरी निरीक्षक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । प्र*हरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले आगो निभाएका थिए ।

आ*गजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । सडकको नजिकै पार्किङ गरेका निर्माण उपकरण आ*गजनी भएको सो कम्पनीका सञ्चालक सोमनाथ थकालीले बताउनुभयो । उहाँका अनुसार आ*गजनीबाट रु एक करोडभन्दा बढीको क्षति भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत लाम्पाटादेखि दरवाङ जोड्ने छ किलोमिटर सडक कालोपत्रे गर्न सो कम्पनीले गत जेठमा ठेक्का लिएको थियो । म्याग्दीमा यसअघि गत साउनमा बेनी नगरपालिका–५ बगुवाखोलामा बिएन कन्ट्रक्सनका तीन वटा स्काभेटरमा अज्ञात समूहले आ*गजनी गरेका थिए ।

प्रतिक्रिया