ऐतिहासिक भीमसेन मन्दिरका चार छत्री चो*री

admin

डोटी, ३ चैत: जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चो*री भएका छन् । जिल्ला प्र*हरी कार्यालयका प्र*हरी प्रमुख तथा प्र*हरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ अमूल्य वस्तु चो*री भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त मन्दिरबाट ५० तोलाको एक वटा र १० तोला बराबरका तीन गरी ८० तोलाका लाखौँ मूल्य बराबरका छत्री चो*री भएका छन् । भक्तजनले मन्दिरमा चढाएका छत्री चो*री भएको स्थानीय गोविन्द श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तजनले चढाएका छत्री चो*री भएका छन्, मन्दिरका बारेमा थाहा पाएको व्यक्तिले चो*री गरेको हुनसक्छ ।”

फलामको रड प्रयोग गरी मन्दिरको मूल ढोका र मन्दिरसँगैको सभा हलको ताला चो*री गरेको जिल्ला प्र*हरी कार्यालय डोटीले जनाएको छ । घ*टनाबारे आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको प्र*हरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो ।

मन्दिरमा कतिबेला भयो भन्ने यकिन खबर नभए पनि गतशनिबार राति चो*री भएको हुनसक्ने प्र*हरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया