सुनको मूल्य : तोलामा पाँच सयले बढ्यो

admin

काठमाडौं, ३ चैत : सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैँयाले बढेको छ ।

आइतबार तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु पाँच सयले बढेर तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य ७९० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया