सबै भिसा र अन्तरवार्ता अमेरिकी दूतावासले रद्द गर्‍यो

admin

एजेन्सी, ३ चैत : अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ ।

 यो चैत ४ गते (मंगलबार) देखि लागू गरिने छ । अमेरिकी दूतावास नेपालले आफ्नो आधिकारिक फेसबुक पेजमा यसबारे जानकारी दिएको हो ।

दूतावासले लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं ।’

दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ ।

साथै अति जरुसी कारणवश तुरुन्त यात्रा गर्नका लागि आकस्मिक अनुरोधका लागि दूतावासले उपलब्ध गराएको निर्देशनको पालना गर्न अनुरोधसमेत गरिएको छ ।

प्रतिक्रिया