झापाका बिरामीमा भेटिएन कोरोना भाइरसको सङ्क्रमण

admin

काठमाडौँ, ३ चैत : कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ ।

भद्र्रपुर-७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड-१९ नभएको स्पष्ट पारे । “उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड-१९ को भने सङ्क्रमण देखिएको छैन”, उनले भने ।

प्रतिक्रिया