कोरोनाका कारण छ हजार ६०० बढीको ज्यान गयो

admin

काठमाडौं, ४ चैत : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण १५२ भन्दाबढी देशमा पुगेका छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यो संख्या अघिल्लो दिनको तुलना १३ हजार ९०३ बढी भएको अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी ज्यान गुमाउनेको संख्या पनि अघिल्लो दिन भन्दा ८६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ ।

योसँगै विश्वभरी कोरोनाका कारण ज्यान जानेको संख्या छ हजार ६०६ पुगेको छ । कूल ज्यान गुमाएका र सङ्क्रमितको तथ्याङ्क हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ ।

यूरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी, स्विजरल्याण्डलगायका देश प्रभावित भएका छन् ।

प्रतिक्रिया