नयाँ रेकर्ड राख्यो नेपाल : कोरोना भाइरस संक्रमणको समाधान भएको देशको सूचीमा

admin

काठमाडौं, ४ चैत : चीनको वुहानबाट देखिएको कोरोना भाइरस भयावह बन्दै अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । 

विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या दुई लाख भन्दा बढि पुगेको छ भने साँढे छ हजार मानिसको ज्यान गइसकेको छ । अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

अहिले विश्वको कोरोना भाइरस संक्रमणसम्बन्धी नक्शामा अधिकांश देश संक्रमित देखाइएको छ । केही देशमा संक्रमण देखिएको छैन । तर, नेपाल मात्र त्यस्तो देश हो जसले संक्रमणलाई पूर्ण समाधान गर्न सकेको छ ।

 

कोरोनाको तथ्याङ्क दिइरहेको वर्ल्डोमिटरले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका व्यक्ति निको भएको र अरु सङ्क्रमित नभएको’ उल्लेख गरेको छ ।

नेपालमा एकजनालाई कोरोना भाइरसको संक्रमण देखिएकोमा ती व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । यसकारण नेपाल सबै कोरोना भाइरसको केसको समाधान गर्ने देशको सूचीमा एक्लो देखिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणको आशंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । नेपालमा कोरोनाको नयाँ संक्रमण नदेखिनुलाई अभूतपूर्व सफलता मानिएको छ ।

प्रतिक्रिया