चितवनमा बन्दैछ ७२ घण्टा भित्र ७० शैयाको अस्पताल

admin

चितवन, ४ चैत : चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पताल बनाउन लागिएको छ ।

कोरोनाको संक्रमण भएका र आशंका गरिएका बि’रामीलाई राख्न ७० शै’य्याको अलग्गै अस्पताल बनाइने भएको हो । उद्योग संघ चितवनको बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

अस्पताल बनाउन का लागि गर्ने तयारीका बारेमा जिल्लाका विभिन्न संघसंस्था तथा अस्पतालहरुलाई जिम्मा दिइएको उनले बताए ।  भरतपुर कोरोना विशेष अस्पताल नाम दिइने यस्तो अस्पतालमा ५० शैय्या साधारण बेड, १० शैय्याको ए’चडीयू (हाई डि’पेन्डेन्ट यूनिट) र १० शैय्याको आईसीयू राखिने छ ।

विभिन्न अस्पताल तथा चे’कपोष्टहरुमा आएका शंकास्पद बिरामी र संक्रमण पुष्टि भएका बिरामीलाई यही राखेर उपचार गरिने प्रजिअ भट्टराईले बताए । अस्पतालको ब’हिरंग सेवाको व्यवस्थापनको जिम्मा डा. भोजराज अधिकारी र डा. अनिलविक्रम कार्कीले लिनेछन् ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कोरोना संक्रमणको संभावित अवस्थालाई मध्यनजर गर्दै कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको बताएकी छिन् । मेयर दाहालले भनिन्-‘ओपीडिसहितको कोरोना विशेष अस्पताल बनाइने छ, यसले अन्य क्षेत्रमा संक्रमण कम गराउन सक्छ ।’

मेयर दाहालले प्रदर्शनी केन्द्रमा तीन वटा ठूला हलहरु निर्माण भइसकेकाले अब प्राविधिक कार्यहरु जडान गर्न मात्र बाँकी रहेको बताइन् । ‘कोरोना विशेष अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ, ७२ घण्टा भित्र अस्पताल तयार हुन्छ, मेयर दाहालले भनिन् ।

उपकरणका लागि चितवनका अस्पतालहरुले केही सहयोग गर्नेछ भने प्रदेश सरकारबाट समेत बजेट माग गरिने डा. अधिकारीले बताए ।

प्रतिक्रिया