थापाका ह*त्यारा प*क्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौं, ४ चैत: कर्तव्य ज्या*न मु*द्दाका फरार प्रतिवादी धादिङ थाक्रे गाउँपालिका-६ रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई सोही ठाउँबाट मंगलबार प्र*हरीले प*क्राउ गरेको छ ।

अंश सम्बन्धी विवादको कारण थापाले आफ्नै सौतेनी आमा साईली थापालाई २०५८ माघ १४ गते आफ्नै घरभित्र घाँ*टी थिचेर ह*त्या गरी घ*टना पश्चात फरार रहेका थिए ।

फरार थापा लामो समयसम्म काठमाडौं टेकुमा लुकीछिपी बसी पछिल्लो समयमा आफ्नै घरमा गएर बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

थापालाई आवश्यक कारवाहीको लागि जिल्ला प्र*हरी कार्यालय धादिङमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

प्रतिक्रिया