नेकपा छोडेर कांग्रेस प्रवेश गरेपछि गाडी तोडफोड

admin

काठमाडौं, ५ चैत : नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका जगदीश बस्नेतको गाडी तोडफोड भएको छ ।

चैत ३ गते सोमबार राति जगदीशको घर अगाडि आँगनमा रोकिराखेको बा ८ प ५८२८ नम्बरको कार तोडफोड भएको हो । गाडी तोडफोड राजनीतिक प्रतिशोधमा भएको भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

नेकपाका नेता महेश बस्नेतले राजनीतिक प्रतिशोध साँधेको भक्तपुर कांग्रेसले आरोप लगाएको छ । कसले गरेको हो भन्ने नभए पनि प्रतिशोधका रुपमा महेशको समूहले आफ्नो गाडीमा क्षति पुर्‍याएको दावी जगदीशको छ ।

बस्नेतको भक्तपुरस्थित निवासको अगाडि आँगनमा रोकिराखेको गाडी नेता बस्नेतले तोडफोड गर्न लगाएको कांग्रेस कार्यकर्ताको आरोप छ ।

प्रतिक्रिया