दक्षिण कोरियामा कोरोना भाइरसबाट सुरक्षित छन्, नेपाली

admin

काठमाडौं, ५ चैत : दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित विदेशीको संख्या ६० नाघेको छ ।

कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै (३८) सङ्क्रमित छन् ।

दोस्रामा अमेरिकी (सात) छन् । भियतनामी, मङ्गोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलियाली र अर्जेन्टिनी दुईदुई जना सङ्क्रमित छन् ।

यसैगरी जापानी, इण्डोनेशियाली, मलेसियाली, उज्वेकिस्तानी र पोल्याण्डवासी एकएक सङ्क्रमित रहेको तथ्याङ्क कोरियाली सरकारले सार्वजनिक गरेको छ ।

हालसम्म कोरियामा रहेका कुनै पनि नेपालीलाई कोभिड-१९ को सङ्क्रमण नभएको दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए ।

कोरियामा कोभि-१९ को सङ्क्रमणबाट ७५ जनाको ज्यान गइसकेको छ भने हालसम्म सङ्क्रमित हुनेको संख्या आठ हजार १६२ पुगेको छ ।

प्रतिक्रिया