दश लाख थान मास्कसहित १ जना पक्राउ

admin

काठमाडौं, ५ चैत : महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा घर भएका युवराज न्यौपाने छन् । न्यौपानेलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिए ।

काठमाडौंमा डिप ओभर्सिज नामक कम्पनीको आवरणमा व्यवसाय सञ्चालन गर्दै आएका न्यौपानेले कम मूल्यको मास्कलाई बढी मूल्यमा बेच्ने उद्देश्यले गोदाममा लुकाएर राखेका थिए ।

प्रतिक्रिया