डाक्टरको अनुमती मै प्रधानमन्त्री सक्रिय : डा. भट्टराई

admin

काठमाडौं, ५ चैत : प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क लाई सक्रिय बनाउँनु पर्ने बताएका छन् ।

कोरानाका कारण विश्वनै आक्रान्त वनिरहेका बेला दक्षिण एसियाली मुलकहरुले एक आपसमा पारस्परिक सहयोग आदान प्रदान गर्नु पर्ने डा. भट्टराईले बताए ।

बुधबार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै भट्टराईले केहि दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको पहलकदमीमा सार्क राष्ट्रका राष्ट्र प्रमुखका विचमा भएको भिडियो कन्फरेन्स अन्यन्तै सफल भएको र यसले सार्क मुलुकहरुलाई अझ नजिक ल्याउँन सहयोग पुगको बताए ।

नेपाल जहिले पनि सार्कको निरन्तरता र क्रियाशिलाको पक्षमा रहेको भन्दै उनले अब यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । अन्तरसंवादमा बोल्दै डा. भट्राईले प्रधानमन्त्री केपी ओलीले डाक्टरको उच्च निगरानीमा रहेर कार्यसम्पादन गरिरहेको पनि बताए ।

उनले भने, प्रधानमन्त्री ज्यू अहिले पनि डाक्टरको सुपरभिजनमा हुनुहुन्छ भिडियो कन्फरेन्समा सहभागीता देखि अन्य भेटघाटहरु डाक्टरको अनुमतीमै भइरहेका छ । कारोना नेपाल भित्रिन नदिन सरकारले उच्च सर्तकता अपनाइरहेको तर नेपाल कोरोना सक्रमणको उच्च जोखिममा भने रहेको भट्टराईले बताए ।

प्रतिक्रिया