एसइई परीक्षा : विद्यार्थीलाई निःशुल्क घरघर पुर्‍यादिने गाउँपालिका

admin

स्याङ्जा, ६ चैत : फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्‍यादिन शुरु गरेको छ । 

यसका लागि सो गाउँपालिकाले बिहीबार विहानदेखि निः शुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पुर्‍याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ बिहीबारदेखि शुरु हुने भनिएको सो परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।

फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका-५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई बिहीबार बिहानदेखि घर पुर्‍याउन यातायातको व्यवस्था गरिएको उनले बताए ।

यसपटकको सो परीक्षामा देशभर कूल चार लाख ८२ हजार ७०७ विद्याथी सहभागी हुने जनाइएको थियो ।

प्रतिक्रिया