कोरोनाको आशंका गरिएका बिरामीले अस्पतालमै गरे देह’त्याग

admin

एजेन्सी, ६ चैत : भारतमा कोरोना भाइरस लागेको भन्दै अस्पतालमा उपचारका लागि पुगेका एक जना व्यक्तिले देह’त्याग गरेका छन् ।

उनलाई कोरोना भएको पुष्टि भने भएको थिएन । कोरोनाको आशंकामा अस्पतालमा भर्ना भएका उनलाई आइसोलेसनमा राखेर उपचार गरिदै थियो । तर उनले अस्पतालको भवनवाट हाम’फालेर देह’त्याग गरेका हुन् ।

सफ्दरगञ्ज अस्पतालमा निगरानीमा राखिएका २३ वर्षका व्यक्तिले अस्पतालको सातौँ तलबाट हाम’फालेर देह’त्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती व्यक्तिले बुधबार बेलुका देह’त्याग गरेको जनाइएको छ ।

अष्ट्रेलियामा बस्दै आएका उनी हालै भारत पुगेका थिए । ती युवालाई बुधबार बेलुका ९ बजेतिर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई आइसोलेसन वार्डमा सारिएकोमा सवा ९ बजेतिर उनले हाम’फालेर देह’त्याग गरेको प्रहरीले जनाएको छ ।

उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्दा कोरोनाको लक्षण देखिएपछि विमानस्थलबाट अस्पताल रिफर गरिएको थियो । टाउको दुखेको भनेपछि उनलाई विमानस्थमै परीक्षण गरिएको थियो र त्यसपछि उनलाई अस्पताल पठाइएको हो ।

उनी एयर इन्डियाको फ्लाइटबा दिल्ली पुगेका थिए । उनी विगत एक वर्षदेखि अस्ट्रेलियाको सिड्नी बस्दै आएका थिए । बुधबार उनी पञ्जाबको नागपुरमा रहेको घर जानका लागि आएका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरवका राजा मोहम्मद बिन सलमानबीच कोरोना भाइरसको सङ्क्रमणका बारेमा कुराकानी भएको छ । उनीहरुले टेलिफोनमा कुराकानी गरेको भारतीय अधिकारीले जानकारी दिएका छन् ।

भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उनीहरुबीच मुख्य गरेर कोरोना भाइरसको सङ्क्रमण, त्यसबाट बच्न र त्यसका कारण हुने उत्पन्न परिस्थितीका बारेमा कुराकानी भएको जनाइएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले कोरोना सङ्क्रमण निय’न्त्रण र सामना गर्न संं’युक्त पहल र सहकार्य आवश्यक भएकोमा जोड दिएका थिए ।

कोरोना सङ्क्रमणको महामारीले विश्वका लाखौँ मानिसलाई प्रभावित पारेको र अर्थतन्त्रसमेतमा नराम्ररी असर परेको भन्दै दुवै नेताले चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया