एल साल्भाडोरमा कोरोना सङ्क्रमणको पहिलो घटना

admin

काठमाडौं, ६ चैत : एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त समाचारमा जनाइएको छ ।

हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको (आइसोलेसन) बुकेलेले टेलिभिजनमार्फत बताएका छन् ।

सङ्क्रमणसँग जुध्न एक विशेष अस्पतालको पनि घोषणा गरिएको र नागरिकहरूले घरमै बस्नेलगायत स्वास्थ्य अधिकारीहरूले जारी गरेको सरसफाईको नियम पनि अनुसरण गर्न सुझाव दिइएको राष्ट्रपति बुकेलेले बताएका छन् ।

प्रतिक्रिया