एसइई परीक्षा दिन आएकी किशोरीको बसबाट खसेर ज्यान गयो

अस्मिता बेल्बासे

प्यूठान, ७ चैत : प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा ज्यान गएको छ ।

४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार ज्यान गएको हो ।

उक्त बसबाट खस्दा गम्भीर घाइते भएकी वडा नं ६ लङ्कवाङ निवासी १८ वर्षीया सीमा भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताए ।

घाइतेलाई जिल्ला अस्पताल बिजुवारमा सामान्य उपचारपश्चात् भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि पुनः काठमाडौंको ब्लुक्रस हस्पिटलमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक ढकालले बताए । सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया