राँझा, ७ चैत: तीन दिनदेखि हराइरहेका बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका–८ वर्षीय बालक मृ*तावस्थामा फेला परेका छन् । गत चैत ५ गते विद्यालयको पोसाकमै साइकलसहित हराएका अरबिन चौधरी आज घर नजीकैको नालाको डिलमा मृ*तावस्थामा फेला परेको स्थानीयवासी हेमन्त चौधरीले जानकारी दिनुभयो ।
मृ*तक अरबिनको कम्मरभन्दा माथिको कपडा नभएको, कानबाट रगत बगेको र घाँटीमा नीलडाम भएको अवस्थामा आज बिहान १०ः१५ बजे श*व फेला परेको उहाँले बताउनुभयो । तीन दिनअघि हराएका बालकको खोजी भइरहेको थियो । स्थानीय नवज्योति बोर्डिङ स्कूल चिलहिरियामा अध्ययनरत अरबिन्द घरको एक्लो सन्तान थिए ।
घ*टनाको अनुसन्धानका लागि इलाका प्र*हरी कार्यालयबाट प्रहरी परिचालन गरिएको इलाका प्र*हरी कार्यालय कोहलपुरका प्रमुख प्र*हरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।