कोरोनाका कारण नेपालको सीमा जोडिएको बिहारमा एक युवकले ज्यान गुमाए

admin

काठमाडौं, ९ चैत : कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा एक युवकले ज्यान गुमाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय युवकको ज्यान गएको बताइएको छ । कतारबाट फर्किएका ती व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पाइएको थियो ।

बिहारको एनएमसीएचमा अर्का एक जना कोरोना सङ्क्रमितलाई आइसोलेशनमा राखिएको छ । उनी केही समयअघि स्कटल्याण्डबाट फर्किएका थिए ।

यसअघि बिहार राज्यमा कसैमा पनि कोरोना सङ्क्रमण नभएको पाइएको थियो । योसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ ।

प्रतिक्रिया