काठमाडौं, ९ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरहरूलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण उपचारमा खटाउने भएको छ।
मन्त्रालयले आइतबार सात वटै प्रदेशलाई उक्त निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको छ। मन्त्रालयले प्रदेशहरूमा सरकारी छात्रवृत्तिमा अध्ययनपछि कार्यरत एमबिबिएस वा सो सरह शैक्षिक योग्यता भएका जनशक्तिलाई परिचालन गर्न निर्देशन दिएको छ।
वरिष्ठ चिकित्सक एमडीहरूलाई समेत आवश्यकता अनुसार कोरोना रोकथाम र नियन्त्रणमा परिचालन गर्न भनिएको छ । मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका एमडी र एमबिबिएस तहका विद्यार्थीहरूलाई पनि परिचालन गर्न निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्रालयले चार बुँदे सर्कुलर जारी गर्दै प्रदेश अन्तर्गत सरकारको छात्रवृत्तिमा अध्ययनपछि कार्यरत मेडिकल अधिकृतहरु एमबीबीएस वा सो सरह शैक्षिक योग्यता भएकाहरुलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी अवाश्यक्ता अनुसार परिचालन गर्न सातै प्रदेशलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशनमा प्रदेश अन्तर्गत सञ्चालन रहेका मेडिकल कलेजहरुमा सरकारको छात्रवृतिमा अध्ययन गरिरहेका एमवीवीएस विद्यार्थीहरुलाई आवाश्यक समन्वय गरेर कोरोना भाइरस नियन्त्रणमा सहयोगिको रुपम परिचालन गर्न भनिएको छ ।