फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोना भएको पुष्टि

admin

काठमाडौं, १० चैत : फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

हाल उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएको मन्त्री ढकालले जानकारी दिएका छन्।

उनी फ्रान्सबाट चैत ४ गते नेपाल फर्किएको र होम क्वारेन्टाइनमा राखिएको अवस्थामा रुगाखोकी लागि परीक्षण गर्दा कोभिड-१९ भाइरस पोजिटिभ देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्रमण भएको विवरण देखिएको थियो।

केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई सङ्क्रमण भएको पुष्टि भएको तर अघि अहिले उनी स्वस्थ भइसकेको बताइएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। पीसीआर विधिबाट गरिएको परीक्षणमा तीमध्ये दुईवटामा कोरोनाभाइरस भएको पुष्टि भएको हो।

प्रतिक्रिया