कैलाली, ११ चैत : लकडाउन उल्लङ्घन गर्ने ६५ बढी सवारी साधन प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरस (कोभिड-१९) प्रति सतर्कता अपनाउन सरकारले मंगलबारदेखि एक साताको लागि मुलुकभर लकडाउन गरेको हो ।
प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतल धनगढी, टीकापुर, मसुरिया, अत्तरिया लगायतको क्षेत्रबाट लकडाउन उल्लघंन गर्ने मोटरसाइकल, साइकल, अटोरिक्सा तथा अन्य सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिए ।
लकडाउन अवधिमा बासिन्दालाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह समेत गरिरहेको बताए ।