जसले विपतमा आफ्नै पैसा खर्चेर जनताको जीवन बचाएका थिए !

अस्मिता बेल्बासे

काठमाडौं, यतिबेला विश्वभर ‘कोरोना भाइरस (कोभिड-१९)ले त्रासित फैलिएको छ । यो भाइरसका कारण हजारौँले ज्यान गुमाएका छन् भने कैयौँ व्यक्ति संक्रमित छन् । विश्व स्वास्थ्य संकट परेको अवस्थामा यतिबेला हरेक देशले उच्च सर्तकता अपनाएका छन् ।

 

चीनको वुहानबाट सुरु भएको यो भाइरस अहिले सयौँ देशमा फैलिएको छ। भाइरस फैलिएपछि विश्वभर नै अन्तरराष्ट्रीय विमानस्थलदेखि गाउँ शहरमा निकै सर्तकता अपनाइएको छ । अहिले नेपालमा पनि कोरोना भाइस देखा परेको छ, देश नै लकडाउन भइसकेको छ ।

यस्तो अवस्थामा कसरी सावधानी अपनाउने, कसरी यो भाइरसलाई निर्मूल पार्न सकिन्छ भन्ने सन्दर्भमा रहेर पूर्वस्वास्थ्य मन्त्री निक्ष शमशेर जबराले पिएनपी खबरसँग आफ्नो अभिव्यक्ति दिएका छन् ।

वि.सं. २०६२ सालमा आफू स्वास्थ्य मन्त्री हुँदा सरकारी प्रकृया बाट औषधी ल्याउन ढिला हुने भएपछि जनता बचाउनको लागी आफ्नै पैसा खर्च गरी चाइनिज राजदुतवास सँगको समन्व्यमा जापानीज इन्सेप्लाइटिश विरुद्धको भ्याक्सिन मगाएको बताए ।

देशमा २०६२ मै जापानीज इन्सेप्लाइटिशको महामारी भैइरहँदै गर्दा त्यो समयमा सो रोग तराइमा बढि देखिएकोले साँढे दुइमहिनामा ८० लाख जनतालाई भ्याक्सिन लगाउन सक्ने गरी सरकारी कर्मचारी तयारी गरिएको बताए ।

“अहिले फैलिरहेको कोरोना भाइरसले आतंकित भएको अवस्थामा स्वास्थ्य मन्त्रालय मात्र नभई अन्य मन्त्रालय समेत एक जुट भएर केही गर्ने समय आएको छ । यस्तो अवस्थामा उनीहरुले जनताको लागि आफ्नो व्यक्तिगत पैसा खर्च गरेर भएपनि देशलाई शान्त बनाउनुपर्ने हो तर त्यो देखिदैन जनता कालोबजारी भित्र डुबेका छन् ।” उनले भने,

“सरकारको लापरबाहिका कारण कैयौँले ज्यान गुमाउनु परेको छ । आमजनतामाथि ठूलो असर परेको छ देशमा काम गर्ने शैली छैन यो देशमा भिआइपीलाई मात्र स्थान भएको छ, देशमा ठूलालाई चैन सानालाई ऐन भएको छ । दिन भरी काम गरी बेलुका एक छाक टार्नु पर्ने अबस्थामा भएका जनताको लागी पनि सरकारले केही कदम उठाउनुपर्ने उनको भनाइ छ ।”

बाँकी भनाइ यो भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया