आज पुनः नेपालमा अर्को व्यक्ति कोरोना संक्रमित भेटिए

admin

काठमाडौं, १२ चैत : नेपालमा कोरोनाभाइरसका पुनः तेस्रो संक्रमित फेला परेको छ । बुधबार कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरेका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको उनले जानकारी दिए ।

तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ । संक्रमितको अन्य जानकारी भने खुलाइएको छैन । यसअघि चीन र फ्रान्सबाट फर्किएका विद्यार्थीमा कोरोनभाइरसको संक्रमण देखिएको थियो ।

चीनबाट आएका संक्रमित निको भएर घर फर्किसकेका छन् भने फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीको अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ६८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया