लकडाउन ७ दिनभन्दा बढी लम्बिनसक्छ, अशक्तलाई ‘भोक भाइरस’को बन्दोबस्ती गरौं : डा. भट्टराई

admin

काठमाडौं, १२ चैत : समाजवादी दलका अध्यक्ष डा. बाबुराम भट्टराईले लकडाउनको समयावधि अझै बढ्ने भएकाले ‘भोक भाइरस’को बन्दोबस्त मिलाउन सरकारसँग माग गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले ज्यालामा गुजारा गर्नेहरू र अशक्तहरूका निम्ति तुरुन्त आर्थिक प्याकेज घोषणा हुनुपर्ने जनाएका छन् ।

‘देशको लकडाउन ७ दिनभन्दा बढी लम्बिनसक्छ, अतः कोरोनाभाइरस सँगसँगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं,’ उनले लेखेका छन्, ‘ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्यो । संघको वित्तीय दायित्व, प्रदेशको अनुगमन, स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको मोडेल हुनसक्छ !’

डा. भट्टराईले कोरोना भाइरस (कोभिड-१९)का कारण ‘लकडाउन’ को समय अझ बढ्न सक्ने भन्दै सरकारलाई सचेत गराएका हुन् ।

प्रतिक्रिया