कारोना संक्रमण रोकथाम गर्न अस्पतालमा सामग्री पठाइयो

admin

काठमाडौं, १२ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले रोकथामका लागि अस्पतालमा दुई लाख २७ हजार २०१ आवश्यक सामग्री पठाइएको जानकारी दिए । तीमध्ये मास्क दुई लाख २२ हजार ७६० र अन्य विभिन्न सामग्री चार हजार ४४१ रहेका छन् ।

उनका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) ६२५ मध्ये २६७ पठाइएको र ३५८ मौज्दात राखिएको छ । अहिले कोभिड-१९ को उपचारमा संलग्न चिकित्सकले पिपीइ लगाउनुपर्ने हुन्छ ।

यसैगरी ४८३ गाउन, मुखमा प्रयोग गर्ने मास्क ५२२, स्यानिटाइजर २०९, पञ्जा एक हजार २३६, एन–९५ मास्क ६०१, चश्मा ४७१, आइआर थर्मोमिटर ५८, पिपीइ ग्राउण्ड २८५, सुकभर ४७६ र फेस सिल्ड १०० वटा विभिन्न अस्पतालमा पठाइएको छ ।

यसैगरी उनका अनुसार खरिद गरिएकामध्ये दुई लाख ७९ हजार ३८७ सामग्री तत्काल नपठाइ मौज्दातसमेत गरिएको छ । तीमध्ये मास्क दुई लाख ७२ हजार ४२० र अन्य सामग्री छ हजार ९६७ रहेका छन् ।

जसअनुसार पिपीइ ३५८, गाउन एक हजार ४५६, फेस मास्क एक हजार ५७८, स्यानिटाइजर ७७, पञ्जा एक हजार ५९३, एन-९५ मास्क २४, चश्मा ४८०, आइआर थर्मोमिटर चार, सुकभर एक हजार १६२ र फेस सिल्ड २३५ मौज्दात राखिएको छ । मौज्दात राखिएका सामग्री आवश्कताअनुसार पठाइने उनले जानकारी दिए।

प्रतिक्रिया