कोरोनाभाइरस अपडेट : विश्वभरि १८ हजार ९०७ को ज्यान गयो, ४ लाखभन्दा बढी संक्रमित

admin

काठमाडौं, १२ चैत : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मंगलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको ज्यान गएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संंसारभरि ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १०२ जना उपचारपछि घर फर्किएका छन् भने दुई लाख ९४ हजार ८२० व्यक्ति हाल उपचारारत छन् । कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण हालसम्म १९२ देशमा देखा परिसकेको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड-१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २८१ जनाको ज्यान गएको छ भने । त्यहाँ ८१ हजार २१८ जना सङ्क्रमित रहेका छन् । चीनबाट बुधबार प्राप्त एक समाचारअनुसार ७३ हजार ६५० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ६ हजार ८२० जनाको ज्यान गएको छ । हाल ६९ हजार १७६ जना सङक्रमित रहेका छन् । आठ हजार ३२६ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण १ हजार ९३४ जनाको ज्यान गएको छ । हाल २४ हजार ८११ जना सङक्रमित रहेका छन् । सात हजार ८ हजार ३७६ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ९९१ जनाको ज्यान गएको छ । हाल ४२ हजार ५८ जना सङक्रमित रहेका छन् । मंगलबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७९४ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण १५९ व्यक्तिको ज्यान गएको छ । हाल ३२ हजार ९९१ जना सङ्क्रमित रहेका छन् । यसैबीच ३ हजार ९० उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ७८२ जनाको ज्यान गएको छ । हाल ५४ हजार ८६७ जना सङक्रमित भने ३७८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार १०० जनाको ज्यान गएको छ । मंगलबार प्राप्त एक समाचारअनुसार २२ हजार ३०४ सङ्क्रमित रहेका छन् भने ३ हजार २८१ उपचारपछि घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १२६ व्यक्तिको ज्यान गएको छ । नौ हजार १३७ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७३० उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १२२ व्यक्तिको ज्यान गएको छ । नौ हजार ८७७ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ४२२ व्यक्तिको ज्यान गएको छ । आठ हजार ७७ सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २७६ व्यक्तिको ज्यान गएको छ । पाँच हजार ५६० सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण २८ व्यक्तिको ज्यान गएको छ । पाँच हजार २८३ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण १२२ व्यक्तिको ज्यान गएको छ । चार हजार २५९ सङ्क्रमित भएका छन् । यसैबीच ४६१ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १२ व्यक्तिको ज्यान गएको छ । दुई हजार ८६६ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ४६, स्वेडेनमा ४०, पोर्चुगलमा ३३, क्यानाडामा २६ , डेनमार्कमा ३२, मलेसियामा १६, आयरल्याण्डमा ७, पोल्याण्डमा १०, ग्रीसमा २०, इन्डोनेसियामा ५५, फिलिपिन्समा ३५, हङकङमा ४, इराकमा २७, अल्जेरियामा १९ , भारतमा ११, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ७, मेक्सिकोमा ४, इजिप्टमा २०, पानामामा ६, अर्जेन्टिनामा ६, लेबनानमा ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा ९, मोरक्कोमा ५, अफगानिस्तानमा १, नाइजेरियामा १, बङ्गलादेशमा ४, घानामा २, सुडानमा १ व्यक्तिको ज्यान गएको प्राप्त समाचारमा जनाइएको छ ।

बुधबारसम्म सङ्क्रमित मात्र देशहरुका नेपाल, म्यानमार काजाकिस्तान, कङ्गो भ्याटिकन सिटी, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, बेनिन आदि रहेका छन् ।

प्रतिक्रिया