राससका पूर्वअध्यक्ष देउजाको निधन

राष्ट्रिय समाचार समिति

काठमाडौं, १२ चैत : राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष ध्रुवकुमार देउजाको आज निधन भएको छ ।

लामो समयदेखि नशासम्बन्धी रोगबाट पीडित भएका उनको बुधबार बिहान उपचारका क्रममा हिमाल नर्सिङ होम, नक्सालमा निधन भएको उनका छोरा विपीनले जानकारी दिएका छन् ।

विसं १९९९ पुस १६ गते काठमाडौंमा जन्मिएका देउवा रेडियो नेपालमा समेत निर्देशक रहेका थिए । उनको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । बालुवाटारमा बस्दै आएका देउजाका एक छोरा, एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया