निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गर्नुभएको छ ।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत् सन्देश दिँदै सो आग्रह गर्नुभएको हो । सन्देशमा भनिएको छ, “म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् ।”

प्रतिक्रिया