एनसेलले ल्यायो विभिन्न अफर

admin

काठमाण्डौ :एनसेलले एनसेल सापटी रकममा वृद्धि, निःशुल्क लेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको छ ।ब्यालेन्स ट्रान्सफर सेवाअन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्यतथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स पठाउन तथा पाउन सक्नेछन् ।

हालको परिस्थितीलाई ध्यानमा राखेर ब्यालेन्स ट्रान्सफरको सीमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको छ ।प्रिपेड ग्राहकले रु १० देखि रु ५०० सम्मआफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्यकुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् । ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन् ।

*१७१२२*पाउने व्यक्तिको मोबाइल नम्बर*ट्रान्सफर गर्ने रकम# डायल गरी निःशुल्कब्यालेन्स ट्रान्सफर गर्न सकिनेछ ।त्यस्तै एनसेल सापटी सेवाअन्तर्गतको सापटी रकमलाई बढाएको छ । यससँगै एनसेलकाग्राहकलेविगतमा यो सेवाप्रयोग गरेको व्यवहारको आधारमा न्युनतम रु ४० देखि अधिकतम रु २०० सम्म सापटी लिन सक्नेछन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहनयदिआफ्नो मेन ब्यालेन्स नपुग भएमा ग्राहकले *९९८८# डायल गरी २ रुपैयाँ सेवाशुल्कमा सापटी लिन सक्नेछन् ।

त्यस्तै एनसेलले हरेक रिचार्जमा ५० प्रतिशत सम्म बोनस पाइने योजनापनिल्याएको छ । यो योजनाअन्तर्गत एनसेलकाग्राहकले रु ५०, रु १००, रु२००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा ५० प्रतिशतबोनस प्राप्त गर्न सक्नेछन् । प्राप्तबोनस रकमएनसेल नेटवर्क भित्रकल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउनप्रयोग गर्न सक्नेछन् । जस्तै यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५ प्राप्तगर्नेछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५० प्राप्तगर्नेछन् । बोनस रकम सोहि दिनको मध्य राती सम्म मान्यहुनेछ ।

यस बाहेक एनसेलले १५ जिबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याकस्टे होम प्याकल्याएको छ । ग्राहकले कर बाहेकमात्र रु २३० (कर सहित २९३.६९) मा यो प्याक सुचारु गर्न सक्नेछन् ।यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागु हुनेछ भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्रलागु हुनेछ । यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरात देखि बेलुका ६ बजेसम्मको समयमा डेटाप्रयोग गनपर्ने हुन्छ ।

ग्राहकले *१७१२३# डायल गरीस्टे होम विकल्प छनौट गरी यो प्याक सुचारु गर्न सक्नेछन् । प्याकअन्तर्गतको डेटा भोलुम सकिएपछि विद्यमान पे एज यु गो अनुसारको डेटा शुल्कलाग्नेछ । एनसेलको यो योजनाअन्तर्गतको सबै अफरहरु ३० दिनकालागि सन्चालनमा रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया