फ्रान्सबाट आएका थप दुई जना अस्पतालमा

admin

काठमाडौँ, १२ चैत : फ्रान्सबाट चैत ४ गते आएका थप दुई जनालाई जिल्ला अस्पताल कलैयामा लगिएको छ। उनीहरुसँगै आएकी युवतीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि प्रहरीले सो जहाजबाट आउनेको खोजीकार्य गरिरहेको छ।

सोही क्रममा बाराका दुई जना पनि रहेको भेटिएपछि उनीहरुलाई प्रहरीको सहयोगमा अस्पतालमा लगिएको हो। उनीहरुलाई क्वारेन्टाइनमा राखेर नमुना परीक्षणका लागि प्रक्रिया अगाडि बढाइने बारा प्रहरी प्रमुख कृष्ण पंगेनीले जानकारी दिए।

प्रतिक्रिया