पूर्वमन्त्री बस्नेतद्वारा मेडिकल सामग्री वितरण, सकेको सहयोग गर्न सबैलाई आह्वान

admin

मेलम्ची, १३ चैत : सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा मेडिकल सामग्री वितरण गरिएको हो ।

नेता बस्नेतको पहलमा बाह्रविसे नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे र क्षमादेवी स्वास्थ्य चौकीमा स्यानिटाइजर, साबुन मास्क, पञ्जा, एप्रोनलगायतका सामग्री वितरण गरिएको छ ।

नेता बस्नेतले आफैँले उक्त सामग्री प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेका चिकित्सक सिर्जना महर्जनलाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सामग्रीको अभावमा स्वास्थ्यकर्मीलाई काम गर्न असुविधा भएपछि सबैको सहयोगमा विभिन्न मेडिकल सामग्री वितरण गरिएको पूर्वसञ्चारमन्त्री बस्नेतले जानकारी दिए । उनले सकेको सहयोग गर्न सबैलाई आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया