देशका केही ठाउँमा चट्याङ सहित वर्षा, कोरोना सङ्क्रमणबाट बच्न मौसमविद्को आग्रह

admin

काठमाडौं, १३ चैत : बिहीबार पश्चिमी, मध्य र पूर्वका पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले पश्चिमसहित मध्य र पूर्वको पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छिन्।

उनका अनुसार अरु ठाउँमा भने बादल लाग्दै घाम लाग्नेछ । बिहीबार राति पश्चिमी क्षेत्रका केही र पूर्वको एक दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

यस्तै, विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा पनि उत्तिकै जोखिमपूर्ण रहेकाले मुख्य तय मौसम अनुरुप खानपानमा ध्यान दिन मौसमविद्को आग्रह छ ।

पानीमा नभिज्न हावाहुरीबाट सचेत भई देश लकडाउनको पालना गरी आफूपनि बचउ र अरुलाई पनि बचाउ भन्दै समाजलाई सक्दो सहयोग गर्न समेत मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया