अव कोरोनाको आशंका लागेमा घरमै बसीबसी डाक्टरसँग भिडियो कल

राष्ट्रिय समाचार समिति

काठमाडौं :  कोरोनाको संक्रमण देखिएमा अब घरमै बसीबसी डाक्टरसँग भिडियोकल गरेर आफ्ना समस्या राख्न सकिने भएको छ । नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र एनसेलले ‘Ncell CALL TO डाक्टर’ सेवा ल्याएको छ । कोरोनाभाइरसको लक्षणसँग मेल खाने लक्ष्ण देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्शका लागि उक्त सेवा प्रयोग गर्न सकिनेछ ।

यो सेवा प्रयोग गर्नका लागि हाम्रो पात्रोमा गएर समयानुसार अनलाइन बसेका नेपाल चिकित्सक संघका डाक्टरसँग सजिलै भिडियो कल गर्न सकिनेछ । डाक्टर अनलाइन भएको खण्डमा ‘डाक्टरलाई कल गर्नुहोस्’ बटन थिचेर केवल एक क्लिकमैं भिडियो कल मार्फत परामर्शका लागि आफ्ना समस्या तथा शंकालाई डाक्टरसमक्ष राख्न सकिन्छ ।

यो सेवा हाम्रो पात्रोले नेपाल चिकित्सक संघको अनुरोधमा एनसेलसँगको प्राविधिक सहकार्यमा तयार गरेको हो । अप्ठेरोमा रहेकाले तुरुन्त उचित स्वास्थ्य परामर्श सहित सेवा लिन सकून भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोषकुमार देवकोटाले बताए ।

प्रतिक्रिया