बनेपा वडा नं २ ले बाढ्यो हात धुने साबुन र औषधि

admin

काभ्रे: बिश्व यतिखेर कोरोना भाइरसको मारमा छ । नेपालमा पनि ३ जना संक्रमित भएसङै सरकारले यतिखेर लकडाउन गरेको छ। यसै बिच सरकारले अनि थुप्रै सरकारी अनि अन्य संघ संस्थाबाट जनचेतना मुलक कार्यक्रमहरु पनि गरिरहेका छन् ।

स्थानिय सरकार पनि यतिखेर कोरोना संक्रमण रोक्न लागि परिरहेको छ।  यसै बिच काभ्रेको बनेपा नगरपालिका वडा नम्बर २ले भने यतिखेर आफ्ना वडाबासीहरुका निम्ति जनचेतनामुलक कार्यक्रम गरिरहेको छ र सङै हात धुने साबुन र सिटामोल अनि रुघाखोकीको औषधि पनि बाढेको छ।

बुधबार र बिहिवार गरेर करिब ६०० घरधुरीलाई वडाले यी सामाग्रीहरु बाढेको वडा अध्यक्ष हरिशरण घिमिरेले जानकारी गराउनुभयो। यतिखेर सबै नेपाली लक डाउनले गर्दा घरमै बसिरहेको अवस्थामा बनेपा नगरपालिका वडा नम्बर २ परिवारले भने आफ्ना वडाबासि स्वस्थ रहुन भन्ने उदेश्यले गरेको यो कार्येले गर्दा वडाबासी खुशी भयका छन् ।

प्रतिक्रिया