रोटरी क्लब अफ बनेपाद्वारा क्यारेन्टाइनको लागि बेड मटेरियल्सहरु वितरण

admin

बनेपा : विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्न रोटरी क्लब अफ बनेपाले १० थान क्यारेन्टाइनको लागि आवश्यक पर्ने बेड मटेरियल्सहरु सहयोग गरेको छ ।

काभ्रे जिल्लामा कोरोना संक्रमणको नियन्त्रणको लागि बनाइएको क्यारेन्टाइनको लागि आवश्यक पर्ने ती बेड मटेरियल्सहरु जिल्ला बिपद् ब्यबस्थापन समितिलाई अध्यक्ष रामप्यारी बज्राचार्यले सो सामान हस्तान्तरण गर्नुभएको हो ।

बितरित सामग्रीमा मेट्रेस, तन्ना, सिरानी, सिरानी खोल, ब्लाङमेट, डस्ट्बिन, चप्पललगायतका सामानहरु रहेको काभ्रे उद्योग वाणिज्य संघका महासचिव कैलाश पलाञ्चोकेले जानकारी दिनुभयो ।

काभ्रे उद्योग बाणिज्य संघले समन्वय गरेको सो बितरणको अवसरमा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सहयोग गर्नुहुने संस्थाहरुलाइ धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया