भारतबाट आएका ३ सय ११ क्वारेन्टाइनमा

admin

डोटी, १४ चैत : भारतका विभिन्न शहरबाट काम गरेर आफ्ना घर फर्किएका ३११ स्थानीवासीलाई क्वारेन्टाइनमा राखिएको छ ।

पुरुष २५८, महिला २८ र बालबालिका २५ जना जिल्लाका विभिन्न स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

उनका अनुसार शुक्रबार मात्रै कैलाली र कञ्चनपुर क्षेत्रबाट कम्तीमा पनि १५ जना डोटीका बासिन्दा आउँदै छन् । कैलालीबाट आउँदै गरेकाहरुलाई पनि सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्नका लागि व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कामका लागि भारत गएका जिल्लावासी अहिले भारतमा उनीहरु काम गर्ने कम्पनी बन्द हुन थालेपछि घर फर्किन थालेका छन् ।

प्रतिक्रिया