कोरोना संक्रमणबाट १६ वर्षीया किशोरीको मृत्यु

admin

पेरिस : कोरोना भाइरसले जुनसुकै उमेरकालाई आक्रमण गर्न सक्छ भन्ने उदाहरण हो यो । फ्रान्सको एसोन क्षेत्रमा बस्‍ने जुली नाम गरेकी १६ वर्षीया एक किशोरीको कोरोना भाइरसको संक्रमणबाट गत बुधबार बिहान मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा कम उमेरमा मृत्यु हुने उनी पहिलो फ्रान्सेली नागरिक हुन् ।

‘यसले पाका उमेरका मानिसलाई मात्रै आक्रमण गर्छ भन्ने विश्वासलाई झुटो सावित गरिदिएको छ । ‘यो म्युटेन्ट भाइरसले जसलाई पनि समात्न सक्छ,’ जुलीकी दिदी मानोनले फ्रान्सेली सञ्‍चारमाध्यमसँग भनेकी छिन् ।

प्रतिक्रिया