कटारी आईसोलेसनमा बसेका व्यक्ति भागे

admin

कटारी, १६ चैत: उदयपुर जिल्लास्थित कटारी अस्पतालको आईसोलेसनमा राखिएका एक व्यक्ति शनिबार भागेका छन् । ती व्यक्ति ४ दिनअघि भारतबाट आएका थिए । भारतबाट २१ जनाको समूहका आएकाे थियाे । ताप्ली गाउँपालिका ४ ठानागाउँका ३८ वर्षीय किर्तमान मग्राती अस्पतालबाट फरार भएका हुन् ।

गत १२ गते भारतको सिलीगुढी हुँदै काकडभिट्टा नाकाबाट नेपाल छिरेर कटारी आईपुगेका २१ मध्ये अन्यलाई कटारी १ बेलसोतस्थित क्वारेन्टाईनमा राखिएको छ ।सामान्य ज्वरो आएका कारण मग्रातीलाई अस्पतालको आईसोलेसनमा राखिएको थियो । आईसोलेसनमा बस्दै आएका उनी शनिबार बिहान खाना खान बोलाउँदा कोठामा नभेटिएपछि भागेको अनुमान लगाइएको कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार मग्रातीको मोवाईल, झोला र लुगाफाटा भने सबै अस्पतालमै भेटिएको छ । मान्छे भने साँझसम्म नफर्केपछि भागेको पत्ता लागेको हो । सुरुमा ज्वरो देखिएपछि आईसोलेसनमा राखिएका उनलाई अहिले ज्वरो भने नरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया