जनप्रतिनिधि हुन त यस्ता, सबै नेपालीलाई रुवाउने यो भिडियो एकपटक हेर्नुस् !

admin

काठमाडौं, कोरोना भाइरसको महामारीबाट बच्न सरकारले लगाएको लकडाउन नियमले सबै नेपाली जनताहरु मारमा परेका छन् । सारा विश्व नै यो महामारीसँग लडिरहेको बेला अहिलेसम्म पनि यो महामारीबाट बच्ने औषधि पत्ता लागिसकेको छैन । कोरोना भाइरसलाई रोक्ने उपाए भनेकै यसलाई फैलनबाट रोक्नु मात्र हो ।

तर सरकारको यहि नियमबाट अहिले लाखौं मजदुरहरु एकछाक खान पनि नपाउने अवस्थामा पुगिसकेका छन् । छ दिनको लगातार लकडाउनले गर्दा नेपालगञ्ज वडा नम्बर ४ मा एकजना महिला रिक्साचालक आफ्नो २ ओटा बालकलाई खुवाउने केँही पनि भएन भन्दै रुँदैरुँदै वडाअध्यक्ष कहाँ आएको यो भिडियोले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ ।

यो विषम परिस्थितिमा अत्तालिएका नेपाली जनतालाई केन्द्र सरकार र स्थानीय सरकार राहतका प्याकेज दिन हिच्किचाइ रहेको बेला नेपालगञ्ज वडा नम्बर ४का अध्यक्ष मो. सफिक बेहनाले भने आफ्नो वडाका विपन्न तथा मजदुरी गर्ने समुदायका सय घरधुरीलाई आफ्नो व्यक्तिगत खर्चमै खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

सरकारले गरेको लकडाउनको पालना गर्दै आइरहेका बिपन्न समुदायका व्यक्तिहरुलाई दैनिक छाक टार्न मुस्किल परिरहेको बेला आफ्नो व्यक्तिगत खर्चमा प्रतेक परिवार बराबर १० किलो चामल, अरहरको दाल, नुन र तेलको बोतल दिएर सहयोग गरेका छन् । लकडाउनमा मजदुरी गर्ने बिपन्न परिवार काम गर्नबाट वञ्चित रहेको समयमा उनीहरुलाई एक हप्तालाई पुग्ने रासन उनले दिएका हुन् ।

सोहि सन्धर्भमा हामीले अध्यक्ष बेहनासंग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

प्रतिक्रिया