एलिजा गौतमको नेपाली चलचित्र “अनुराग” युटुबमा सार्वजनिक

admin

काठमाडौं, नेपाली चलचित्र ‘अनुराग’ ओ एस आर डिजिटल मार्फत युटुबमा सार्वजनिक गरिएको छ। ऋषिराज धमलाको प्रस्तुतिमा तयार चलचित्र “आनुराग” लाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् ।

यस चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी छ । चलचित्रमा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नबिन पुरी छन् ।

रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

प्रतिक्रिया