काभ्रेमा मजदुर बोकेको ट्रक दुर्घटना, तीन जना घाइते

admin

काभ्रे: काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ गोकुलेधापमा ट्रक दुर्घटना हुदाँ तीन जान घाइते भएका छन् । रोशी गाउँपालिकाको जुगेपानी हुदैँ इट्टा भट्टमा काम गर्ने मजदुर लिएर गएको बा ३ ख ८८२६ नम्बरको ट्रक आज दिउँसो पल्टिएको हो ।

ट्रकमा चालक सहित ८ जना सवार भइरहेको र ३ जना घाइते भएको बताइएको छ । भैरव मावि नजिकै दुर्घटना भएको हो । घाइते हुनेमा धापकै बाबुलाल गोले र ज्ञानी माया गोले रहेको वडाध्यक्ष कान्छामान जिम्बाले जानकारी दिए ।

त्यस्तै खानी खोला गाउँपालिका वडा नम्बर ४ घर भएका बिर बहादुर घिसिङ घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको पास लिएर गएको ट्रक रोशी गाउँपालिकामा बिग्रिएपछि उक्त ट्रकमा सवार यात्रुहरु त्यहिको ट्रक रिजर्भ लिएर गएका थिए । दुर्घटनामा परेको ट्रकले पास नलिएको वडाध्यक्ष जिम्बाले बताउनुभयो ।

प्रतिक्रिया