सिलिण्डर बोकाएर बसाएको तस्बिर भाइरल भएपछि प्रहरीले अनुसन्धान थाल्यो

admin

काठमाडौं, १७ चैत : ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले सडकमा सिलिण्डर बोकाएर बसाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । के उद्देश्यले सिलिण्डर बोकाइए भन्ने विषयमा छानविन थालिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीले तस्बिर सार्वजनिक गर्ने व्यक्तिहरुसँग सोधपुछ थालिएको बताएका छन् । प्रवक्ता जोशीले यो तस्बिर कुन ठाउँको हो भन्ने अहिलेसम्म नखुलेको बताएका छन् । ‘हामीले खोजी थालेका छौं, छानविनपछि खुल्ला’, प्रवक्ता जोशीले भने ।

प्रतिक्रिया